Rule 16
नामावली अद्यावधिक गरी प्रकाशन गर्नु पर्ने
(१) सहायक नाम दर्ता अधिकारीले नियम १५ बमोजिम विवरण र दर्ता किताब प्राप्त गरेपछि सो विवरण जाँचबुझ गरी मतदाता नामावली अद्यावधिक गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतदाता नामावली अद्यावधिक गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ः-
(क) नियम १० बमोजिम सङ्कलित विवरणको आधारमा नियम ९ को उपनियम (३) बमोजिम प्रकाशन भएको मतदाता नामावलीमा थप भएको मतदाताको विवरण अनुसूची–९ बमोजिमको ढाँचामा तयार गरी,
(ख) नियम ११ बमोजिम नाम हटाउन वा सार्न सङ्कलित विवरणको आधारमा नियम ९ को उपनियम (३) बमोजिम प्रकाशन भएको मतदाता नामावलीवाट नाम हटेको वा सरेको जनिने गरी अनुसूची–१० बमोजिमको ढाँचामा नाम हटाएको वा सारेको विवरण तयार
गरी, र
(ग) नियम १२ बमोजिम त्रुटि सच्याउन सङ्कलित विवरणको आधारमा नियम ९ को उपनियम (३) बमोजिम प्रकाशन भएको मतदाता नामावलीमा त्रुटि सच्याई ।
(३) उपनियम (१) बमोजिम मतदाता नामावली अद्यावधिक गरेपछि सहायक नाम दर्ता अधिकारीले उपनियम (२) को खण्ड (क) बमोजिमको मतदाता नामावली र खण्ड (ग) बमोजिमको विवरण सँगै राखी कार्यक्रममा उल्लेख भए बमोजिम अनुसूची–३ बमोजिमको ढाँचाको सूचना सहित सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडाको कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(४) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम अद्यावधिक मतदाता नामावली
प्रकाशन गर्दा उपनियम (२) को खण्ड (ख) बमोजिमको विवरण समेत प्रकाशन गर्नु पर्नेछ । (५) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिमको सूचना र उपनियम (४) बमोजिमको विवरण प्रकाशन गर्दा अनुसूची– ४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ ।